थापाथलीमा बागमतीले बगाउँदा युवक बेपत्ता

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण
थापाथलीमा बागमतीले बगाउँदा युवक बेपत्ता

फाइल तस्बिर

काठमाडौंको थापाथलीमा बागमती खोलाले बगाउँदा शुक्रबार साँझ एक युवक बेपत्ता भएका छन्। धादिङ घर भई थापाथली बस्ने २४ वर्षीय विनोद परियार बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनी बाबुसहित फोहोर फाल्न खोलामा गएका थिए। चिप्लिएर उनी खोलामा खसेका हुन्। खोलामा छिरेर बचाउने प्रयास गरे पनि नसकेको भन्दै उनका बाबु करिब एक घण्टापछि प्रहरीमा गएका थिए। प्रहरीले बागमतीमा विभिन्न क्षेत्रमा उनको खोजी गरिरहेको छ। 

सुझावित समाचार