इतिहासमा आज

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

सन् १९९१ : सोभियत संघको सत्तारूढ कम्युनिस्ट पार्टीभित्रका कट्टरपन्थीहरूले राष्ट्रपति मिखाइल गोर्बाचेभलाई नजरबन्दमा राखेर सुरु गरेको ‘कु’ तीन दिनमै असफल बन्यो । गोर्बाचेभ पुनः राष्ट्रपति त नियुक्त भए, तर यस तीनदिने कुले कम्युनिस्ट शासनको पतनको सुरुवात गर्यो ।

सन् १२६४ : कुब्लाई खानको सत्तामाथि दाबी गर्दै विद्रोहमा उत्रिएका खानका भाइ एरिक बोकले आत्मसमर्पण गरेसँगै ‘टोलुइड गृहयुद्ध’ चार वर्ष लामो संघर्षपछि टुंगियो ।

१५४१ : सुलेमान प्रथमको नेतृत्वमा अटोमन टर्क फौजले हंगेरीको राजधानी बुढापेस्ट कब्जा गर्यो, जसले युरोपमा डेढ सय वर्ष लामो मुस्लिम शासनको जग हाल्यो ।

सन् १८१० : राजा चाल्स तेह्रौँ निसन्तान रहेको र रुसबाट निरन्तरको खतराबिच स्विडेनको संसद्ले नेपोलियनका मार्सल ज–बाप्टिस्ट बनाडोटलाई युवराज चुन्यो, जो आठ वर्षपछि राजा बने ।

सन् १९५७ : सोभियत संघले विश्वको पहिलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ‘आर–७ सेमिओर्का’ सफलतापूर्वक परीक्षण गर्यो ।

सन् १९५९ : हवाई टापु श्रृंखा अमेरिकाको ५०औँ राज्य बन्यो । 

सन् १९६८ : सोभियत संघ नेतृत्वको ‘वार्सा प्याक्ट’ फौज चेकोस्लोभाकियालाई कब्जामा लिए । सुधारवादी नेता एलेक्ज्यान्डर डब्केकलाई पक्राउ गरेर ‘मस्को प्रोटोकल’मा हस्ताक्षर गर्न बाध्य बनाइयो ।

सन् १९९१ : सोभियत संघको एक सदस्य लात्भीयाले संघबाट अलग भएको घोषणा गर्यो ।

सन् २०१७ : बहुराष्ट्रिय औषधि निर्माता कम्पनी ‘जोनसन एन्ड जोनसन’लाई उसको एक उत्पादन प्रयोग गरेर डिम्बाशय क्यान्सर भएकी एक महिलालाई ४१.७ करोड डलर जरिवाना तिर्नुपर्ने आदेश दिइयो । 

सन् २०१८ : भारतको चन्द्रयान प्रथम नामक अन्तरिक्षयानले चन्द्रमा पहिलोपटक जमेको पानी पहिचान गर्यो । 

सन् २०१९ : विगतमा पोलियो धेरै देखिने देश नाइजेरियामा लगातार तीन वर्ष पोलियो नदेखिएसँगै पोलियो निर्मूलीकरणतर्फ सफलता मानियो । 

सुझावित समाचार