नवनियुक्त डेपुटी गभर्नर रावलको पदबहाली

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष शपथ लिएका उनले बिहीबार नै पदबहालीसमेत गरे ।

मन्त्रिपरिषद्को ३ भदौको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथग्रहण समारोहमा संक्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

डेपुटी गभर्नर रावलले ०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी ०६९ सालमा उपनिर्देशक, ०७५ सालमा निर्देशक हुँदै ०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।

सुझावित समाचार