सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गरी रकम मागेको आरोपमा एक १९ वर्षीय युवक पक्राउ परेका छन्।
फेसबुकमा साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी रकमसमेत मागेको आरोपमा साइबर ब्युरोले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ बस्ने १९ वर्षीय सुदीप कटुवाललाई पक्राउ गरेको छ।
बुधबार पक्राउ परेका कटुवाललाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।