सुर्खेतको बराहताल गाउँपालिका– ७, नयाँवनस्थित भित्री सडकखण्डमा जेसिबी मेसिन सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ।
सडक सफा गर्ने क्रममा भे.१ग १२७ नम्बरको जेसिबी सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक बराहताल– ५ का करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले इसिजी परीक्षण गरी मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढेको छ।