भैलीको शैलीमा प्रश्न हुँदैन, नियमविपरीत भए रुलिङ गर्नू : सांसद सुनार

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद खगेन्द्र सुनारले प्रश्न गर्ने आफ्नो शैली ठिक नभए र नियमावलीविपरीत भए रुलिङ गर्न समिति सभापतिलाई आग्रह गरेका छन्। बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले संसदमा हुँदासम्म निर्मम प्रश्न गरिरहने प्रस्ट पारे।

सभापतिले रुलिङ गर्न सक्ने भए पनि अर्को सांसदले हुर्मत लिने, धम्क्याउने र घेराबन्दी गर्न नमिल्ने उनले बताए। ‘एउटा सांसदले अर्को सांसदलाई हुर्मत लिने, धम्क्याउने, घेराबन्दी गर्ने काम मान्य छैन। बाेल्दै गरेको वक्ता पनि त्यही निर्वाचित सांसद हो जो जनताबाट अनुमोदित भएर आएको हो। यहाँ प्रत्येक सांसद सार्वभौम छ,’ उनले भने।

दैलेखको नाइट बस चढेर घर फर्कन तयार रहेको बताउँदै सांसद सुनारले भ्रष्टाचारविरुद्ध निर्मम प्रश्न गर्न नछोड्ने प्रस्ट पारे। उनले भने, ‘प्रश्नकर्ता वक्ता अस्वाभाविक, अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनुहोला, म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने वेलासम्म प्रश्न निर्मम हुन्छ।’

सुझावित समाचार