काठमाडौंबाट ३२.५८० ग्राम खैरो हेरोइन र चार लाख रुपैयाँसहित दुईजना पक्राउ

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौंबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– ६ बाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भदौ २ गते लागुऔषधको कारोबार गर्ने गिरोहको निगरानीका क्रममा खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखा, शैलुङ नगरपालिका– ८ का २५ वर्षीय सविन कार्की र सप्तरी, शम्भुनाथ नगरपालिका–  ७ का ४१ वर्षीय अजय दास रहेका छन्। उनीहरूको साथबाट ३२.५८० ग्राम खैरो हेरोइन, नेपाली नगद चार लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार ब्युरोले लागुऔषध कारोबारमा संलग्न हुन सक्ने गिरोह तथा व्यक्तिहरूमाथि निगरानी बढाउँदै आएको छ।

See More On

सुझावित समाचार