लगानीलाई मिटरब्याज भनेर बदनाम गर्न नपाइने भन्दै मिटरब्याजका साहुहरू आन्दोलित बनेका छन् । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै आफ्नो लगानी फिर्ता पाउनुपर्ने उनीहरूले माग गरेका छन्।
उनीहरूले अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । साथै समानान्तर गतिविधि बन्द गर्न माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन्।









