संयुक्त राष्ट्र संघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नजाने भएका छन्। महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने निर्णय भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र संघको ८१औँ महासभा २२ देखि २८ सेप्टेम्बरमा अमेरिकामा हुँदै छ।
महासभामा विशेष अवस्थामा बाहेक यसअघि प्रधानमन्त्री नै सहभागी भएर सम्बोधन गर्ने परम्परा थियो।