प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरू र मुख्यसचिव गोविन्दबहादुर कार्कीले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान–प्रदान भएको हो। सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यसम्पादन सम्झौता गर्दा पूर्वाधार विकासमन्त्री सुनील लम्साल अस्वस्थता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसदमा सहभागी भएकाले उपस्थित भएनन्।