एनआइसी एसिया क्यापिटल र रूपाकोट रिसोर्टबिच आइपिओ निष्कासनसम्बन्धी सम्झौता

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटल र कास्कीको रूपा– ६, मैदानमा कारोबार कार्यालय रहेको रूपाकोट रिसोर्ट लिमिटेडबिच प्राथमिक सेयर (आइपिओ) निष्कासनसम्बन्धी सम्झौता भएको छ। आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्शसहितको सेवा उपलब्ध गराउने गरी निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो।

पोखरामा अवस्थित रूपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रूपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा निरन्तर विस्तार गर्दै आइरहेको जनाएको छ।

पछिल्लो समयमा रूपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबिचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दै रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सफल भएको छ। 

सुझावित समाचार