एनसेल र बिवाइडीबिच साझेदारी

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउन नेपालका लागि बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बिवाइडीका प्रत्येक सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिंग्स (आइओटी) सिमजडित हुनेछन् । यसबाट ग्राहकले अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यले नेपालमा आइओटी नवप्रवर्तनको क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । आइओटी सिमजडित भएपछि गाडीमा अन्य कुनै उपकरणको प्रयोगविनै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुने बताइएको छ, जसले बिवाइडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्छ ।

प्रयोगकर्ताले फोन कनेक्ट नगरी वा वाइफाई हटस्पटमा निर्भर नभई सवारीसाधनको सिस्टमबाटै युट्युब, स्पोटिफाई, काराओकेलगायतका अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन् । आइओटी सिममार्फत एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजको लाभ ग्राहकले उठाउन सक्नेछन् । ग्राहकले आफ्नो फोनमा एनसेल नेटवर्क चलाउँदाजस्तै प्रयोगकर्ताको अनुभव कभरेज, स्थान र सवारीसाधन कन्फ्युग्रेसनअनुसार फरक हुन सक्ने बताइएको छ ।

यो साझेदारीबाट बिवाइडीका नयाँ ग्राहक मात्र नभई विगतदेखि नै बिवाइडी सवारीसाधन भएकाले पनि फाइदा लिन सक्नेछन् । उनीहरूले नेपालभरका १३ स्थानमा रहेका बिवाइडी आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो हालको सवारीसाधनमा एनसेल आइओटी सिम जडान गर्नुपर्नेछ । भिटी प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारीसाधन वा सेवा प्याकेजमा निर्भर गर्ने बताइएको छ ।

See More On

सुझावित समाचार