सर्वसाधारणका लागि गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र पहुँचयोग्य बनाउन मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरले सहकार्य गर्ने भएका छन् । यसलाई कार्यान्वयनमा लैजान दुवै पक्षबिच समझदारी जुटेको छ ।
स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबिच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजना अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम तथा समाधान अघि बढाउने लक्ष्यसमेत राखिएको बताइएको छ ।