प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले श्रेष्ठका सिर्जना, विचार र नेपाली समाजमा पुर्याएको योगदान सधैँ जीवित रहने बताएका छन्।
प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठका चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’लाई समेत स्मरण गरेका छन्।
श्रेष्ठले देखाएको मार्ग र उनका विचारलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ।’
प्रधानमन्त्री शाहले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।