सभामुखले मर्यादा पालना गर्न निर्देशन दिएपछि संसदबाट रिसाएर बाहिरिइन् आशिका

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले नियमावली स्मरण गराउँदै मर्यादित बन्न निर्देशन दिएपछि रास्वपा सांसद आशिका तामाङ सभाबाट बाहिरिएकी छिन्।

सांसद तामाङले यसअघिका बैठकमा धादिङको धुनीबेँसी नगरपालिका– ९, जुगाडीका सन्तोष राईको शव कम्बोडियाको अस्पतालमा रहेको र नेपाल ल्याउन ढिलाइ भएको भन्दै जवाफ मागेकी थिइन्।

सोमबारको बैठकमा सभामुख अर्यालले जवाफका लागि सम्बन्धित मन्त्रीलाई रुलिङ गरेपछि परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबारको बैठकमा जवाफ दिए।

मन्त्रीको जवाफमा असन्तुष्ट सांसद तामाङले प्रतिप्रश्न गर्न खोजेपछि सभामुखले नियमावलीअनुसार मन्त्रीले सभामा उठेका प्रश्नको जवाफ दिएपछि त्यसमा स्पष्टीकरणको व्यवस्था नभएको स्मरण गराए।

तर, सांसद तामाङ सिटमा नबसेपछि सभामुखले सभाको मर्यादामा रहन निर्देश गरे। लगत्तै सांसद तामाङ आक्रोशित भएर सभाबाट बाहिरिइन्।
 

सुझावित समाचार