कुमारी बैंकको मोबाइल एपमा प्रोत्साहन कार्यक्रमको सुविधा

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमसँग कुमारी बैंक लिमिटेड पनि जोडिएको छ । बैंकले सरकारको कार्यक्रमलाई सघाउन आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराइएको जनाएको छ ।

ग्राहकले यस बैंकको ‘कुमारी स्मार्ट एप’को आइआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत सजिलै हेर्न सक्नेछन् । यसले ग्राहकलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

सुझावित समाचार