एसबिआईको अध्यक्षमा चान्दना

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनीषकुमार चान्दना चयन भएका छन् । बैंकको ५४८औँ बैठकले भारतीय स्टेट बैंकबाट प्रतिनिधित्व गरिआएका सञ्चालक  चान्दनालाई सर्वसम्मत रूपमा समिति अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष चान्दनालाई नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराए । 

अध्यक्ष चान्दना एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह–२ मा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले हाल एसबिआईको पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन र विश्वभरका प्रमुख विदेशी सहायक बैंकका लागि रणनीतिक नेतृत्व प्रदान गर्छन् । शपथग्रहण कार्यक्रममा राष्ट्र बैंक तथा एसबिआई बैंकका उच्च पदाधिकारीको उपस्थिति थियो । 

सुझावित समाचार