माइती नेपाल आवधिक गृहमा २९६ जनाले पाए संरक्षण

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

बर्दियामा माइती नेपालले सञ्चालन गरेको आवधिक गृहबाट दुई सय ९६ जना बालिका, किशोरी तथा महिलाले संरक्षण पाएका छन्। 

माइती नेपालले विभिन्न घटनामा परेका पीडित महिला तथा बालिकालाई माइती नेपालले आवधिक गृहमा राखेर संरक्षण प्रदान गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले विभिन्न घटनामा पीडित भएका बालिका, युवती तथा महिलालाई राख्न स्थापना गरिएको सेवा केन्द्रमार्फत माइती नेपालले प्रहरीलाई सहयोग गर्दै आएको बताए । माइती नेपालले सीमामा सूचना तथा परामर्श केन्द्र सञ्चालन गरेर प्रहरीलाई काममा सहयोग भएको बताए।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले मानव बेचबिखन तथा ओसारपसार रोकथाममा माइती नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने, 'सरकारी निकायसँगको सहकार्यमा माइती नेपालले काम गर्दै आएकाले पीडितको संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुगेको छ।'

माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी र घरेलु हिंसामा परेका, खोजतलासका क्रममा फेला परेका तथा सीमाबाट उद्धार गरिएका बालिका, किशोरी र महिलालाई आवधिक गृहमा राख्ने गरिएको बताइन् ।

उनले भनिन् , 'आवधिक गृहमा बस्ने पीडितहरूलाई आवास, खानपिन, लत्ताकपडा तथा आवश्यकताअनुसार यातायात खर्चसमेत उपलब्ध गराउने गरिएको छ।'

सुझावित समाचार