बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

बर्दियामा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका– ५, जुगुतपुरका ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको आरोपमा उनका छोरा १९ वर्षीय सरगम आचार्य पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सरगमले आइतबार राति बुबालाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका टेकराजको घटनास्थलमा मृत्यु भएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । र, प्रहरीले सरगमलाई पक्राउ गरेको थियो 

पक्राउ परेका आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी वीरेन्द्रबहादुर बोहराले जानकारी दिए ।
 

सुझावित समाचार