अनुगमनका लागि आएका मन्त्री लम्साल बिरामी भएपछि सेनाको स्काई ट्रकबाट काठमाडौँ लगियो

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिममा निर्माणाधीन सरकारी आयोजनाको अनुगमनका लागि आएका भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल बिरामी परेका छन्।

बैतडी पुगेपछि बिरामी भएका मन्त्री लम्साललाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं लगिएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको थियो। धनगढीबाट सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी विमानस्थलबाटै काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना बताए।

मन्त्री लम्साल भाइरल ज्वरो र रुघाखोकीले थलिएको बताइएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्माणाधीन आयोजनाको अनुगमनका लागि उनी दुई दिनअघि यहाँ आएका थिए।

मन्त्री लम्सालले डडेल्धुरा, दार्चुलालगायत ठाउँमा केही आयोजनाको अनुगमन गरेका थिए। बैतडीमा कार्यालय प्रमुखहरूको बैठकमा सहभागी भएर उनी बझाङ जाने कार्यक्रम थियो। दार्चुलाबाट फर्केर शनिबार राति उनी बैतडीको गोठाला पानी बसेका थिए। 
     

सुझावित समाचार