पहिरोले राप्ती राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाले अस्थायी डाइभर्सन बगाउँदा लान्ती लेखपोखरा सडक पूर्ण रुपमा बन्द

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

निरन्तरको वर्षासँगै सडकमाथिबाट आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान कपुरकोट गाउँपालिका- ४, अरिँगालेनजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक अवरुद्ध हुँदा केही सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । अवरुद्ध सडक नियमित गराउन समन्वय भइरहेको उनको भनाइ छ । 

लान्ती–लेखपोखरा सडक पूर्ण रूपमा बन्द

यसैगरी निरन्तरको वर्षाले अस्थायी डाइभर्सन बगाउँदा लान्ती–लेखपोखरा सडक पूर्ण रूपमा बन्द भएको छ । लान्ती–लेखपोखरा सडकखण्डको छत्रेश्वरी गाउँपालिका– ५, कैचिमोडनजिकै निर्माण गरिएको अस्थायी डाइभर्सन खहरे खोलाले बगाएको प्रहरीको भनाइ छ । तत्काल बाटो बनाउन तथा तटबन्ध निर्माण नगरी यातायात सञ्चालन गर्न सम्भव नभएको सूचना अधिकारी भट्टराईको भनाइ छ । 
 

सुझावित समाचार