सुदूरपश्चिम सरोकार मञ्चले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दुई दर्जनभन्दा बढी महिला तथा पुरुषले उत्साहपूर्वक रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्याएका छन्।
समाजसेवी तथा मञ्चका सल्लाहकार जगदीश केसीको संयोजनमा सम्पन्न कार्यक्रम नेपाल रेडक्रस सोसाइटी र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रममा चर्चित रक्तदाता प्रेमसागर कर्माचार्य, मञ्चका अध्यक्ष डा. दीर्घसिंह बम तथा कार्यक्रम संयोजक जगदीश केसीले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए।
मञ्चले वार्षिकोत्सवका अवसरमा सामाजिक सेवामार्फत समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।