देउवापक्षीय भेलाकाे बन्दसत्रमा तीन हजार प्रतिनिधि : पाँच प्रस्तावमाथि शनिबार छलफल, आइतबार समापन

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

शेरबहादुर देउवा समूहले भेलाको उद्घाटनमा देशभरिबाट झन्डै पाँच हजार नेता–कार्यकर्ता सहभागी भएको दाबी गरेको छ । त्यस्तै, बन्दसत्रमै हलमा अटेसम्म तीन हजारदेखि तीन हजार पाँच सयसम्मलाई प्रतिनिधिकै रूपमा सहभागी गराउने तयारी छ ।

शनिबार बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पाँचवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको नेता डा. प्रकाशशरण महतले बताए । ९ बजेपछि क्रमशः दिउँसो १२ बजेसम्म नेता विमलेन्द्र निधिले राजनीतिक, डा. महतले आर्थिक र एनपी साउदले मुलुकको समसामयिक अवस्थासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सहमहामन्त्री उमाकान्त चौधरीले संगठनात्मक तथा नेता रमेश लेखकले कानुन र विधानसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि छलफलका लागि सातवटै प्रदेशको संयोजनको जिम्मेवारी क्रमशः कोशीमा गोमा भट्टराई, मधेशमा पद्मनारायण चौधरी, बागमतीमा शिव हुमागाईं, गण्डकीमा गुरु बराल, लुम्बिनीमा गेहेन्द्र गिरी, कर्णालीमा सीता राना र सुदूरपश्चिममा वीरबहादुर बलायरले गर्नेछन् । राष्ट्रिय भेलाको समापन आइतबार हुनेछ ।

सुझावित समाचार