आयोगलाई हतियार बनाएर गगन पक्षले कांग्रेस ‘लुटेको’ खड्काको आरोप

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण
आयोगलाई हतियार बनाएर गगन पक्षले कांग्रेस ‘लुटेको’ खड्काको आरोप

फाइल तस्बिर

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगेको आरोप लगाएका छन्।

शुक्रबार राजधानीमा जारी इतर पक्षको राष्ट्रिय भेलामा खड्काले भने, ‘हिजो निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर तपाईंहरूले कांग्रेस लुटेर गएकै हो। यो अपराध हो, यो अपराध क्षम्य हुँदैन।’

सभापति गगन थापा पक्षको कांग्रेसलाई ‘चोइटिएर गएको कांग्रेस’ भन्दै खड्काले चोइटिएको कांग्रेसले मुलुक थेग्न नसक्ने जिकिर गरे। 
 

सुझावित समाचार