सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनरमा सुबिसु

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्चिम रोयल्सबिच एनपिएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो।

सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ। सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।

सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको उल्लेख गर्दै भने, ‘सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो। नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए। ‘सुबिसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्र हेरेका छैनौँ। नेपाली क्रिकेट र विशेष गरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ,’ उनले भने।

सुझावित समाचार