नारायणी अस्पतालमा सर्पदंशविरुद्धको औषधि अभाव

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

मधेश प्रदेशको ठुलो सरकारी अस्पताल नारायणीमा सर्पले टोकेपछि लगाइने एन्टिस्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) उपलब्ध नभएको जनाइएको छ।

साउन २५ गते अस्पतालले जारी गरेको सूचनामा सर्पले टोकेपछि लगाइने एन्टिस्नेक भेनम नारायणी अस्पतालमा उपलब्ध नभएको जनाइएको हो।

नारायणी अस्पताल प्रशासनले तालुक कार्यालयबाट उक्त औषधि अहिले उपलब्ध नभएकाले अस्पतालमा सर्पदंशविरुद्धको औषधि नरहेको भन्दै सूचना जारी गरेको जनाएको छ।

अस्पतालमा अहिले दैनिक १० जनाभन्दा बढी सर्पदंशका बिरामी उपचार गराउन आउने गरेका छन्। औषधि अभावका कारण उनीहरू उपचार नपाई फर्किने गरेका छन्।

एक चिकित्सकका अनुसार नारायणी अस्पतालमा दैनिक १० जनाभन्दा बढी सर्पदंशका बिरामी आउने गरेका छन्। तर, सर्पदंशविरुद्धको औषधि अभाव हुँदा उपचार गर्न नसकेर बिरामीलाई फर्काउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

सुझावित समाचार