नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य एकै दिन प्रतितोला ६ हजार चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तीन लाख सात हजार नाै सय रुपैयाँ पुगेको हो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६७० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११० रुपैयाँले वृद्धि हुँदै चार हजार ७८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यससँगै मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य उछाल देखिएको छ।