सन् १९६२ : सोभियत अन्तरिक्ष निकायद्वारा भोस्तक ३ प्रक्षेपण । चार दिनमा ६४ पटक पृथ्वीको परिक्रमा गर्ने पहिलो अन्तरिक्षयात्री एन्ड्रियान निकोलायेभले यो अन्तरिक्षयान चलाएका थिए ।
सन् १९४३ : पाकिस्तानका पूर्वसैनिक शासक जनरल परबेज मुसर्रफको जन्म । सन् १९४३ मा भारतको नयाँदिल्लीमा जन्मिएका मुसर्रफको गत वर्षको फेब्रुअरीमा ७९ वर्षको उमेरमा दुबईमा मृत्यु भएको थियो ।
सन् १९४८ : बर्लिन ओलम्पिकपछि लन्डनमा पहिलो ओलम्पिक खेल खेलियो । बर्लिनपछि अर्को दुई खेल टोकियो र हेलसिंकीमा हुने तय भएकोमा दोस्रो विश्वयुद्धका कारण रद्द भएको थियो । यो युद्धपछिको अर्थतन्त्रका कारण आयोजक राष्ट्रले गर्नुपर्ने आर्थिक कटौतीबिच सम्पन्न भएको थियो ।
सन् १९६० : चाडले फ्रान्सबाट आफ्नो स्वतन्त्रता प्राप्त गर्यो । मध्यअफ्रिकी देश कौसेरीको युद्धपछि सन् १९०० मा फ्रान्सेली शासनको अधीनमा रह्यो । फ्रान्कोइस टोम्बलबे स्वतन्त्र चाडको पहिलो राष्ट्रपति बने ।
सन् १९९० : इराकलाई अतिक्रमणबाट जोगाउने अंशको रूपमा इजिप्ट र मोरक्कोका फौज साउदी अरेबिया पुगे ।