पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका– १४ स्थित कृष्णप्रणामी चोकबाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मोतीहारी, पटोका श्रीपुर ग्राम पञ्चायत– १ बस्ने २५ वर्षीय शत्रुधन पासवान रहेका छन्।
प्रहरीका अनुसार सडकमा शंकास्पद अवस्थामा फेला परेका पासवानलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। उनको शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
पक्राउ परेका पासवानमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।