बर्दियामा किसानहरूले गरे सामूहिक जनश्रमदान

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा किसानहरूले सामूहिक जनश्रमदान गरेर कुलोको मर्मत सम्भार गरेका छन् । गेरूवा गाउँपालिका, ४ गिदरपुरका किसानहरूले सामूहिक जनश्रमदान गरेर कुलोको मर्मत सम्भारगरेका हुन । 

किसानहरूले जनश्रमदान गरेर हरेक वर्ष खेतीपातीको समयमा कुलोको सरसफाइ, झारपात हटाउने तथा आवश्यक मर्मत सम्भार गर्दै आएको स्थानीय बडघर गोपिलाल थारूले  बताए ।  यसरी काम  गर्दा सजिलोसँग 
खेतबारीमा सजिलोसँग सिँचाइ पुर्याउन सकिएको उनले 
 जानकारी दिए ।

उनले भने, " कुलोको  सरसफाइ र मर्मत गर्न किसान एकजुट भएर कुलोमा आउने गरेका छौं ।  खेतीपातीको समयमा खेतमा पर्याप्त पानी पुर्याउन कुलो व्यवस्थित राख्नुपर्ने हुन्छ । त्यसका लागि सबैले सामूहिक भावना राखेर श्रमदान  गर्ने गरेका छौं ।" 

 किसानहरूले सरकारी निकायको मात्र भर नपरी आवश्यक काम आफैँ मिलेर गर्दै आएका छन् । यसरी गाउँघरमा हुने सामुदायिक काममा सबैको सक्रिय सहभागिता र सहकार्य हुने गरेको स्थानीय पुष्कर काफ्लेले जानकारी दिए ।

उनले भने, " कुलो कुलो सरसफाइ र मर्मत गर्न सरकारको मुख ताकेको भए किसानको बारीमा लगाएको धान सुक्ने थियो । त्यहीँ भएर हामीले सामूहिक रुपमा बेगारी ( जनश्रमदान) विगतमा दिनदेखि नै गर्दै आइरहेको छौं । यसरी जनश्रमदान गरेर खेतबारी पानी पुर्याउन सकेका छौं ।"

सुझावित समाचार