मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेलापरेको छ।
शुक्रबार दिउँसो १ः५० बजेतिर सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको भन्ने सूचना पाएको प्रहरीले जनाएको छ।
सूचनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।