नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको राज्य र राष्ट्रियतासम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहोर्याएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीले दिएको ‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसलाई सच्याउन वा संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए।
उनले उक्त विषयमा आफूहरूले लामो समयदेखि स्पष्टीकरण वा रेकर्डबाट हटाउने माग गर्दै आएको उल्लेख गर्दै त्यसबाट पछि नहट्ने स्पष्ट पारे।
दुलालले भने, ‘यो राष्ट्रियताको सवाल हो, हाम्रो भूमिको सवाल हो। राष्ट्रका लागि आवश्यक परे रगत बगाउन र शिरसमेत बलिदान गर्न तयार छौँ। तर, राष्ट्रप्रतिको कुनै पनि विवादास्पद अभिव्यक्तिलाई राष्ट्रिय रेकर्डमा राखिराख्न सकिँदैन।’