कंगोमा जारी महामारी बन्यो हालसम्मकै दोस्रो ठुलो इबोला प्रकोप

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या एक हजार ७०० भन्दा माथि पुगेको छ । यसबिच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रयोगात्मक उपचार, रोकथाम औषधि र खोपको परीक्षण अभूतपूर्व गतिमा अगाडि बढिरहेको बताएको छ ।

पछिल्लो सरकारी तथ्यांकअनुसार भाइरसको दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’को कारणले सिर्जित पछिल्लो प्रकोप घोषणा भएको मे १५ देखि यता तीन हजार ८०२ केस पहिचान भएको र तीमध्ये एक हजार ७०७ जनाको मृत्यु भएको छ । डब्लुएचओको तथ्यांकले १७ हजारभन्दा बढी सम्भावित बिरामीको सम्पर्कमा आएको मानिसमाथि निगरानी भइरहेको जनाएको छ । यसमध्ये लगभग ८० प्रतिशत प्रत्येक दिन फलोअप गरिएको पनि तथ्यांकले देखाउँछ ।

पछिल्लो इबोला प्रकोप रेकर्ड राख्न थालिएयताको दोस्रो ठुलो प्रकोप बनिसकेको छ । इबोला भाइरसका अन्य प्रजातिको तुलनामा बुन्डिबुग्यो भेरियन्टविरुद्ध कुनै स्वीकृत खोप वा उपचार उपलब्ध नहुनुले पनि संकट गहिरो बनाएको छ । यो प्रकोप मुख्यतः कंगोको पूर्वी प्रान्त इटुरीमा केन्द्रित छ, जहाँ देशमा पहिचान भएका केसको लगभग ९० प्रतिशत बिरामी भेटिएको हो । यद्यपि, प्रमुख सहर किसानगानीसहित अन्य पाँच प्रान्तमा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो प्रकोप अघिल्ला इबोला प्रकोपको तुलनामा बढी छिटो फैलिइरहेको छ । यसअघि सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको प्रकोपको समयमा झन्डै २८ हजार मानिसलाई संक्रमित भएको थिए भने ११ हजारभन्दा बढीको ज्यान लियो । त्यस समय मृतकको संख्या एक हजार पुग्न लगभग आठ महिना लागेको थियो । उता छिमेकी युगान्डाले भने जुनको मध्यमा आफ्नो अन्तिम बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि आफूलाई इबोलामुक्त घोषणा गर्यो ।

See More On

सुझावित समाचार