सरकार पक्षका सांसद ठाकुरसिंह थारूले बर्दियाका बस्तीहरूमा खोजे सरकारको उपस्थिति

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित बर्दिया क्षेत्र नम्बर १ का सांसद ठाकुरसिंह थारूले बर्दियाका बस्तीहरूमा सरकारको उपस्थिति खोजेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थारूले बर्दियाका बस्तीहरूमा सरकारको उपस्थिति खोजेका हुन् ।

संसदमा बर्दियाको समस्या राख्दै  सांसद थारूले आफूले बर्दियाको कथा बोकेर फेरि पनि उपस्थित भएको बताए । उनले कृषि, खानेपानी, ऊर्जा, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा समस्या रहेको भन्दै बर्दियामा  सरकारको उपस्थिति खोजे ।

‘खेतमा मल छैन ।  भान्सामा ग्यास छैन । ४१ डिग्री गर्मीमा पंखा चल्ने बिजुली छैन।  ट्यांकी छ,  पानी छैन । सडक छ, ग्राभेल छैन, अस्पताल छ आइसियू छैन ।  विद्यालयमा शिक्षक छैन,’ उनले भने, ‘सभामुख महोदय, बर्दियाका बस्तीहरूमा सरकारको उपस्थिति खोइ ?’

संविधानले ग्यारेन्टी गरेका यी मौलिक अधिकारबारे अब सदनमा रुखो बोलिरहनु नपरोस् भन्दै उनले बर्दियाका समस्या राखेका थिए ।

सुझावित समाचार