सुस्ता सीमा विवादबारे सांसद बलावती शर्माको प्रश्न– सरकार के हेरेर बसेको छ ?

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य बलावती शर्माले सुस्ता क्षेत्रमा भारतीय पक्षबाट भइरहेको भनिएको ज्यादती र सीमा अतिक्रमणका घटनाप्रति सरकारको भूमिकाबारे प्रश्न उठाएकी छिन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमावर्ती क्षेत्रमा नेपाली नागरिक आफ्नै भूमि जोगाउन अग्रपंक्तिमा उभिनुपरेको अवस्थामा पनि सरकार मौन बसेको आरोप लगाइन्।

‘दर्जनौँ ठाउँमा छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहँदा हाम्रा नागरिक आफ्नै माटोमा असुरक्षित बनेका छन्। आफ्नो भूमि बचाउन जनता सीमामा लडिरहँदा सरकार के हेरेर बसेको छ ?’ भन्दै शर्माले सरकारसँग सदनमा स्पष्ट जवाफ दिन माग गरिन्।

उनले सीमा सुरक्षासँग सम्बन्धित विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने र संसद्लाई यथार्थ जानकारी गराउनुपर्ने आवश्यकता औँल्याइन्।
 

सुझावित समाचार