सीमा अतिक्रमण र सुनसरी घटनामा सरकारको भूमिकामाथि एमाले सांसद गुरु बरालको प्रश्न

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

 नेकपा (एमाले)का सांसद गुरु बरालले भारतीय सेनाले सिभिल पोसाक लगाएर सुस्ताको नेपाली भूमिमा प्रवेश गरी घाउचोट पुर्याएको दाबी गर्दै यस विषयलाई सरकारले अत्यन्त संवेदनशील रूपमा लिनुपर्ने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सुस्ता घटनाबारे प्रधानमन्त्रीले जिम्मेवार भूमिका निर्वाह गर्दै नेपालको सार्वभौमिकता र सीमाको सुरक्षाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।

उनले सुनसरीमा भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै समयमै भरपर्दो शान्ति–सुरक्षाको व्यवस्था गर्न नसक्दा अवस्था थप गम्भीर बन्न सक्ने अवस्था सिर्जना भएको टिप्पणी गरे। यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकारले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग थियो।

सुझावित समाचार