सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ट्रयांक्युलिटी स्पामा छुट

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्युलिटी स्पाबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र ट्रयांक्युलिटीका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका हुन् । 

यससँगै बैंकका ग्राहक र कर्मचारीले ट्रयांक्युलिटीका विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार कर्मचारीलाई स्पामा २५ प्रतिशत र ब्युटी सेवामा १५ प्रतिशत छुट हुनेछ । 

त्यस्तै, बैंकका ग्राहकलाई व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ०८३ साउनदेखि दुई वर्षका लागि लागू हुनेछ । बैंकले देशभरका एक सय नौ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ । 

सुझावित समाचार