कुमारीको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले संस्थापक समूहको एक लाख कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर हाल कायम बैंकका संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । 

सेयर खरिदका लागि ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सुझावित समाचार