अत्यधिक रक्तस्रावपछि सुत्केरीको हेलिकाेप्टरबाट उद्धार

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिकामा अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकाेप्टरबाट उद्धार गरिएको छ।

आइतबार खाँदबारी– १ बस्ने ३३ वर्षीया प्रभा ढुंगानालाई जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएकोमा अचानक अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।

उनका अनुसार सुत्केरी बेथा लागेपछि ढुंगानालाई आइतबार बिहान सवा १० बजे जिल्ला अस्पतालमा अप्रेसन गरी प्रसूति गराइएको थियो। अप्रेसनपछि अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेपछि दिउँसो पौन ४ बजे राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकाेप्टरबाट थापाथली प्रसूति गृह काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार