वीरगन्जमा नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
नाबालिका करणी आरोपमा वीरगन्ज महानगरपालिका– १३ निवासी २८ वर्षीय निखिलसिंह राजपुतलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। एक प्रहरी अधिकारीका अनुसार बालिका केही समयदेखि आरोपितको घरमा काम गर्दै आएकी थिइन्।
बालबालिकासम्बन्धी मुद्दामा हिरासतमा राखेर आरोपितमाथि थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।