काठमाडौंमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको दृश्य टेकुस्थित आयल निगमको पुरानो कार्यालयमा राखिएको अस्थायी ग्यास डिपोले देखाउँछ ।
डिलरकहाँ धाउँदा ग्यास नपाएको गुनासो सम्बोधन गर्न आयल निगमले टेकुमा नेपाल, श्रीराम, एभरेस्ट, सुगम र एचपी ब्रान्डको ग्यास बिक्री केन्द्र स्थापना गरेको छ ।
उक्त डिपोपरिसरमा उपभोक्ताहरू आइतबार बिहानबाटै रित्तो सिलिन्डर लिएर लाइनमा छन् । उनीहरू दर्केपानीमा रुझ्दै एक थान ग्यास लिन कष्टकर लाइनमा छन् । 





