कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई सो रकम हस्तान्तरण गरेको हो ।
श्रीमती बनादेवी बोहराका श्रीमान्को दुर्घटनाबाट निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाअन्तर्गत बिमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षामा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने र आवश्यक समयमा ग्राहक तथा उनीहरूको परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ ।