रिलायबलले गर्‍यो ५० लाख दाबी भुक्तानी

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बिमाबापतको ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले पूर्ण अशक्तता सुविधाअन्तर्गत बिमित हरिप्रसाद काफ्लेलाई ५० लाख हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार काफ्लेले ०७६ मा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बिमा योजनाअन्तर्गत २० वर्षे अवधिको एक करोडको जीवन बिमा गरेका थिए । उक्त बिमा योजनासँगै पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाखबराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए । 

बिमा गरेको केही समयमै काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले दाबी रकम भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानीसँगै काफ्लेले ५० लाखबराबरको बिमा शुल्क छुट सुविधासमेत प्राप्त गरेको कम्पनीको भनाइ छ । कम्पनीले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बिमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको बताइएको छ । 

See More On

सुझावित समाचार