ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु, चालक फरार

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार कावासोतीबाट डन्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धानका क्रममा शनिबार बिहान करिब ७: ३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रक फेला पारी नियन्त्रणमा लिएको छ। दुर्घटनापछि ट्रकचालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार