नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका जटिल राजनीतिक संकटहरूको समाधान संवाद, सहमति र सहकार्यबाटै सम्भव हुने बताएका छन्। उनले वर्तमान परिस्थितिमा पनि सरकारले सबै राजनीतिक दल र सरोकारवालासँग संवादमार्फत समस्याको निकास खोज्नुपर्नेमा जोड दिए।
सुनसरी घटनापछि आयोजित सर्वदलीय छलफललाई सम्बोधन गर्दै दाहालले सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दा पनि संवादलाई नै अन्तिम विकल्पका रूपमा अपनाइएको स्मरण गराए।
‘हामीले जनयुद्धका रूपमा परिभाषित गरेको ठुलो द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा संवाद र सहकार्यलाई नै अन्तिम उपाय बनायौँ। त्यसबाट नेपालले मात्र होइन, विश्व समुदायसमक्ष पनि ऐतिहासिक उदाहरण प्रस्तुत गरेको छ,’ उनले भने।