जनकपुरधाममा पनि कर्फ्यु

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु लगाएको छ। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो।

उत्तरमा लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका– ७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वमा बेलौनी रोड–एमक्यु स्टिलबाट पाँच सय मिटर पूर्व पेट्रोलपम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिदसम्मको चार किल्लामा कर्फ्यु लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम यी क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, घेराउ गरे प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

See More On

सुझावित समाचार