देवानगन्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरिन्। उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गर्दै घटनाको जवाफदेही सरकार हुनुपर्ने बताइन्।

प्रमुख सचेतक थापाले घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै आलोचना गरिन्। उनले राज्यले नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने र दोषी पहिचान गरी कारबाही गर्नुपर्ने धारणा राखिन्।

उनले कसैको उक्साहट, अफवाह वा घृणाको राजनीतिले सामाजिक सदभाव खलबल्याउन नसक्ने बताउँदै सबै नेपालीलाई सहिष्णुता, शान्ति र एकताको पक्षमा उभिन आह्वान गरिन्।

सुझावित समाचार