राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही समय अगाडि सुरु भएको हो ।
बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।