रुपन्देही व्यापार संघको साधारणसभा असोजमा

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

रुपन्देही व्यापार संघको वार्षिक साधारणसभा असोजमा हुने भएको छ । संघको नवौँ नियमित बैठकले २५औँ वार्षिक साधारणसभा असोजको १० गते आयोजना गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा बसेको संघको नियमित कार्यसमितिको बैठकले साधारणसभा सम्पन्न गर्न विभिन्न नौवटा उपसमिति पनि गठन गरेको छ ।

जसअन्तर्गत संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको संयोजकत्वमा कार्यसमिति सदस्य शोभाकुमारी जोशी, हरिबहादुर सुनार, नारायण बस्याल र मणि खनाल सदस्य रहेको स्वागत–सत्कार उपसमिति तथा प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको संयोजकत्वमा कार्यसमिति सदस्य केदारनाथ नेपाल, सरोज गहतराज, विजय ज्ञवाली, पारसमणि पोखरेल, सरोज ज्ञवाली र माधव ज्ञवाली सदस्य रहेको रजिस्ट्रेसन उपसमिति गठन गरिएको छ ।

संघका द्वितीय उपाध्यक्ष मनहरि बस्यालको संयोजकत्वमा कार्यसमिति सदस्य गोपाल भुसाल र मुरारीराज भण्डारी सदस्य रहेको दिवाभोज उपसमिति तथा महासचिव प्रकाशराज पौडेल संयोजक रहने गरी मानार्थ सदस्य फर्शुराम पन्त र कार्यसमिति सदस्य धर्मराज ज्ञवाली सदस्य रहेको प्रतिवेदन लेखन तथा कार्यक्रम तयारी उपसमिति गठन गरेको छ । 

सुझावित समाचार