फुजिमोरीले सम्हालिन् पेरूको राष्ट्रपति पद

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

पेरूकी नयाँ राष्ट्रपति किइको फुजिमोरीले मंगलबार शपथ लिइन् । बढ्दो अपराध नियन्त्रण गर्ने वाचामा किइकोले झिनो मतले चुनाव जितेकी थिइन् । किइको पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन् । ५१ वर्षीया किइको यसअघि तीनपटक चुनावमा उठ्दै हार्दै गरेकी थिइन् । यसपटक भने उनले दोस्रो चरणको चुनावमा वामपन्थी प्रतिद्वन्द्वी रोबर्टो सान्चेजलाई ५० हजारभन्दा कम मतान्तरले पराजित गर्न सफल भइन् ।

पेरू पछिल्लो समय राजनीतिक अस्थिरताको सिकार भइरहेको छ । यसको संकेत उनी एक दशकको छोटो समयमा पेरुको नवौँ राष्ट्रपति हुनुले पनि दिन्छ । ‘म कसम खान्छु कि म यस गणराज्यको राष्ट्रपतिको कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेछु,’ फुजिमोरीले मंगलबार संसद्मा शपथ लिँदा भनिन् । फुजिमोरीको फुएर्जा पपुलर कंग्रेसको सबैभन्दा ठुलो समूह हो । किइकोको दक्षिणपन्थी दलको नयाँ निर्वाचित सिनेटमा आधा सिटजति रहेको छ । यस सिट संख्याले गर्दा फुजिमोरीलाई राष्ट्रपतिको पदबाट हटाउन गाह्रो हुनेछ । यद्यपि, दक्षिणपन्थी दलसँग अझै पनि उनको एजेन्डालाई कार्यान्वयन गर्न आवश्यक बहुमतबाट कम छन् ।

फुजिमोरीको चुनावी अभियान कानुन–व्यवस्था पुनर्स्थापना गर्ने मूल मुद्दामा केन्द्रित थियो । पेरुले दशकौँयताकै सबैभन्दा खराब सुरक्षा संकटको सामना गरिरहेको समयमा यसले धेरै मतदातालाई तानेको हुन सक्ने विश्लेषण गरिएको छ । 

See More On

सुझावित समाचार